झापा , फागुन १ । पूर्वराजा ज्ञानेन्द्र शाह अभियन्ता दुर्गा प्रसाईले आयोजना गरेको ‘नागरिक बचाउ महाअभियान’को उद्घाटनस्थलमा आइपुगेका छन् ।

अपराह्न २ बजे पूर्वराजा शाह मेचीनगर-६ प्यारीभिट्टास्थित बसपार्कमा जारी उद्घाटन कार्यक्रममा आइपुगेका छन् । उनी आउँदा सहभागीहरुले जयजयकार गरेका थिए । पूर्वराजा शाह आउने प्रचार गरिएपछि कार्यक्रमस्थलमा सर्वसाधारणको ठूलो भीड लागेको छ । मञ्चमा अयिभन्ता प्रसाईले पूर्वराजा शाहलाई स्वागत गरेका छन् । कार्यक्रममा पूर्वरानी कोमल शाह, पूर्व राजकुमार पारश शाह, पूर्व राजकुमारी शिताष्म शाह उपस्थीत भएका छन् । मञ्चमा पूर्व राजपरिवारसँगै अभियानका संयोजक प्रसाई पनि लहरै बसेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्