झापा , फागुन १ । नेपाल सरकारले भूकम्प प्रभावित देश टर्कीमा २२ टनभन्दा बढी राहत सामग्री पठाएको छ ।

सोमबार दिउँसो सरकारले पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्री पठाएको हो । गत फेब्रुअरी ६ मा टर्कीमा गएको विनाशकारी भूकम्पपछि नेपालले त्यहाँको राहत र पुनः स्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने निणर्य गरेको थियो । सोहीअनुसार पहिलो खेपमा सो राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि फेब्रुअरी ८ मा परराष्ट्र मन्त्री डा.विमला राई पौड्यालले टर्कीका समकक्षी मेभलुत चाउसोग्लुसँग टेलिफोन वार्ता गरेका गरेकी थिइन् । सो क्रममा उनले टर्कीको दुःखमा नेपाल सँधै रहेको बताउँदै सम्भव भएसम्मको सहयोग गर्न नेपाल तयार रहेको बताएकी थिइन् । परराष्ट्र मन्त्रालयले टर्कीस एयरलाइन्सले राहत सामग्री ढुवानीमा सहयोग गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्