झापा , फागुन २ । प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजनालाई गौरीगञ्जमा पक्राउ गरेको छ ।

हिजो दिउँसो ३ बजे ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरीगञ्ज गाँउपालिका वडा नं.३ मा गौरादह ८ बस्ने अन्दाजी २४ वर्षिय बबि राजवंशीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकमा २ प्याकेट करिव ७०० मिलिग्राम गाँजा फेला परेको थियो । सोधपुछ गर्दा गौरीगञ्ज गाउँपालिका वडा नं.३ बस्ने १९ वर्षिय सन्जिब रौनियारसंग खरिद गरि ल्याएको भनी खुलाएकोले उक्त स्थानमा प्रहरी टोली खटि घरमा खानतलासी गर्दा अन्दाजी १ के.जि.९२० ग्राम थप गाँजा फेला परेको थियो ।

ती सामान र उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्