झापा, फागुन २ । चोरी मुद्धाका फरार मेचीनगर नगरपालिकाका जेठ्वा भन्ने मोहम्मद नौसाद आलम पक्राउ परेका छन् ।

झापा जिल्ला अदालतको मिति २०७८माघ २४ गतेको फैसला अनुसार चोरी मुद्धामा मेचीनगर १० का ३८ वर्षिय आलमलाई ६ महिना कैद र रु ५ हजार जरिवाना तोकिएको थियो ।

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो । झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्