एजेन्सी । पाकिस्तानले आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा पहिलो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा आयरल्याण्डलाई ७० रनले हराएको हो । केपटाउनमा पाकिस्तानले दिएको १६६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १६ ओभर ३ बलमा अलआउट हुदै ९५ रन मात्र बनायो । आयरल्याण्डका लागि ओर्ला प्रिन्डिउरगास्टले ३१ रन बनाए । त्यस्तै इमियर रचिर्डसनले २८ रन बनाउँदै गाबाई लुईसले १० रनको योगदान गरे । पाकिस्तानका लागि नशरा सन्धुले चार विकेट लिइन् । सादिया ईकवाल र निदा डारले समान दुई-दुई विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनायो । पाकिस्तानका लागि मुनिवा अलिले शतकीय पारी खेलिन् । ६८ बलमा १४ चौकाको सहयोगमा १०२ रन बनाइन् । त्यस्तै निदा डारले ३३ रन बनाइन् । आयरल्याण्डका लागि अर्निली किलेले दुई विकेट लिइन् । त्यस्तै लिएहा पल र लौरा डिलेनेले समान एक/एक विकेट लिइन् । जितसँगै पाकिस्तान २ खेलमा २ अङ्कका साथ समूह ‘बी’ को तेस्रो स्थानमा उक्लिएको छ । पराजित आयरल्याण्ड २ खेलमा अङ्क विहीन तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्