झापा, फागुन ४ । मोरङको लेटाङ नगरपालिका-३ भित्री सडकखण्डमा ट्रयाक्टरबाट लडेर सह-चालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो ३ बजे को.२ त ३०९९ नम्बरको ट्रयाक्टरबाट अचानक लडी घाईते भएका ट्रयाक्टरका सह-चालक सोही स्थानका मिलन राईलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पतालमा पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेको हो । घटनामा संलग्न ट्रयाक्टर र चालक लेटाङ-३ का अमन थारुलाई ईलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्