झापा, फागुन ४ । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारीको आमा हरिकला भण्डारीको निधन भएको छ ।

उनको आज बिहान १०ः५७ बजे उपचारका क्रममा निधन भएको कीर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर निजिना ताम्राकारले जानकारी दिइन् । बुधबार राति ग्यास सिलिन्डर लिक भएर चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । घाइते भएका सांसद भण्डारी र उनकी आमालाई बानेश्वरस्थित सिभिल हस्पिटल हुँदै कीर्तिपुर अस्पताल लगिएको थियो। कीर्तिपुर अस्पतालले सांसद भण्डारीको स्वास्थ्य अवस्था जटिल रहेकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न भनेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । भण्डारीको अवस्था बुझ्न कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री पदम गिरी लगायत अस्पताल पुगेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्