झापा, फागुन ४ । सावित्रा भण्डारीले तीन मिनेटमा दुई गोल गरेपछि नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूणर् खेलमा २-२ को बराबरी खेलेको छ ।

बुधबार जवाहरलाल नेहरू रंगशालामा सम्पन्न खेलमा नेपालले २-० ले पछि परेको अवस्था उल्ट्याउँदै घरेलु टिमलाई बराबरीमा रोकेको हो । नेपालले खेलको अन्तिम तीन मिनेटमा दुई गोल फर्काएको थियो । खेलमा भारतकी सोम्या गुगुलोथ र इन्दुमथी काथिरेसनले गोल गरे । नेपालका लागि दुवै गोल सावित्राले गरिन् । खेलको ५५औँ मिनेटमा गुगुलोथले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएकी थिइन् । ६७औँ मिनेटमा काथिरेसनले भारतको अग्रता दोब्बर पारिन् । तर, ९० मिनेटपछि दुई गोल गर्दै नेपाल खेलमा फर्कियो । ९०औँ मिनेटमा सावित्राले पेनाल्टीमा गोल गर्दै नेपाललाई २-१ को अवस्था ल्याइन् । निर्धारित समयको अन्तिम मिनेटमा १८ यार्ड बक्सभित्र भारतकी स्विटी देवीको ह्यान्ड भएपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा सावित्राके कुनै गल्ती गरिनन् । यस्तै, इन्जुरी समयमा सावित्राले नै उत्कृष्ट सोलो गोल गर्दै नेपाललाई खेलमा फर्काइन् । नेपालले भारतविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूणर् फुटबल खेल्ने तालिका छ । दोस्रो मैत्रीपूणर् खेल फागुन ६ गते हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्