झापा, फागुन ५ । प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिकामा लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

हिजो दिउँसो ४.३० बजेको समयमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका वडा नं.४ जुनेली बस्ती बस्ने २० वर्षिय सुरज मगर जर्गालाई शंका लागेर उनको घरको कोठामा चेकजाँच गरेको थियो ।

त्यसक्रममा खाटमुनि रहेको कालो रंगको प्लास्टिकमा प्रतिबन्धित लागूऔषध SPASPAIN लेखेको ट्याव्लेट ५५पत्ता, TRAMADOL HYDROCHLORIDE लेखेको ५५पत्ता, र स–साना प्लास्टिकको पोकामा २ ग्राम ६४०मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई सोधपुछ गर्दा वडा नं.५ शान्तिनगर बस्ने ३८ वर्षिय अमृत श्रेष्ठसमेत संलग्न रहेको भनी खुलाएपछि दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्