झापा , फागुन ५ । इण्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको छ ।

आईओसीले फेब्रुअरी १६ मा पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल, पेट्रोल र हवाइ इन्धनको मूूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपैयाँ ४० पैसा र हवाइ इन्धनमा प्रतिलिटर तीन रुपैयाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । यसअघि माघ २३ गते मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा तीन/तीन रुपैयाँ बढाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ । भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगम स्थानीय बजारमा भने मूल्य यथावत् राख्ने निगमले जनाएको छ । आईओसीलाई ११ अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी रहेको र नेपाल सरकारको सात अर्ब ऋण अझै बाँकी रहेकाले पनि तत्काल मूल्य नघटाउने निगमको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्