झापा , फागुन ५ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले बहु-बिबाह मुद्धाका एकजना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।

बहु-बिबाह मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८/०८/२९ गतेको सजाय निर्धारण फैसला आदेशले ७ महिना १७ दिन कैद र १० हजार रुपैया जरिवाना तोकिई फरार रहेका प्रतिबादी बिराटनगर महानगरपालिका-६ का ३५ बर्षीय राजेश कामतलाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कामतलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरे पश्चात कैद भुक्तानको लागि मोरङ कारागार पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्