झापा , फागुन ७ । सिद्धिचरण नगरपालिका-४ रुम्जाटारस्थित शिव मन्दिरमा महाशिवरात्रीका दिन पूजा गर्न खोज्दा दलित समुदायका व्यक्ति विभेदमा परेका छन् ।

स्थानिय शिक्षिका कृष्णकुमारी गजमेरका अनुसार उनकी आमालाई मन्दिरमा पूजा गर्नबाट वञ्चित गरिएको थियो । गजमेर मन्दिरमा गएर प्रतिवाद गरेपछि गुरुङले मन्दिरको गेट लगाएका थिए । यो घटना सञ्चारमाध्यममा सार्वजनिक गर्ने भनेपछि अगुवा गुरुङले ढोका खोलेको उनले सुनाइन् । यसअघि पनि महाशिवरात्रीको अवसरमा पूजाआजा गर्न आएका दलीत समुदायका व्यक्तिहरुलाई मन्दिरको रेखदेख गर्दै आएका अगुवा लक्ष्मण गुरुङलगायतले अवरोध गरेका छन् । पूजाआजका लागि आएका अन्यलाई सहजीकरण गरिरहेका गुरुङले दलित समुदायका व्यक्ति आउनासाथ मन्दिरमा पूजाआजा गर्न मिल्दैन भनेर रोक लगाएको थिए । कृष्णकुमारीको आमालाई पनि रोक लगाए पछि उनले भने प्रतिवाद गरेकी थिइन । सो घटना सार्वजनिक भए पछि मन्दिरका पुजारीलाई जुठो परेकाले पूजाआजा नभएको तर मन्दिरमा रोक नलगाएको भन्दै गुरुङले जवाफ दिएको अधिकारकर्मीहरुले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्