एजेन्सी । प्रशिक्षक ग्राहम पोटरको प्रशिक्षणमा चेल्सीको खराब प्रदर्शनले शनिबार राति पनि निरन्तरता पाएको छ ।

‘जनवरी ट्रान्सफर विन्डो’मा ठुलो रकम खर्च गरेको चेल्सी साउथह्याम्पटनसँग १-० ले पराजित भएको हो । अंक तालिकाको पुछारमा रहेको साउथह्याम्पटनको जितमा जेम्स वार्ड-प्रोउजले पहिलो हाफमा अन्तिम समयमा गरेको गोल निणर्ायक बन्यो । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा वार्ड-प्रोउजले फ्रीकिकमा सिधै गोल गरेका थिए । यससँगै चेल्सीले सबै खाले प्रतियोगितामा गरी पछिल्लो १४ मध्ये दुई खेलमा मात्र विजय हासिल गरेको छ । हारपछि २३ खेलबाट ३१ अंक जोडेको चेल्सी दशौँ स्थानमा छ । जितसँगै साउथह्याम्पटनको रेलिगेशनबाट जोगिने आशा पलाएको छ । साउथह्याम्पटन १८ अंकका साथ पुछारमा छ । जुन रेलिगेशनभन्दा माथि रहेको बर्नमाउथभन्दा तीन अंकले तल हो । बर्नमाउथले गएराति नै उल्भरह्याम्पटनलाई १-० ले हराएको थियो । उल्भरह्याम्पटन २३ अंकका साथ १५औँ स्थानमा छ । जुन बर्नमाउथभन्दा दुई अंकले माथि हो । गएराति एभर्टनले पनि लिड्स युनाइटेडलाई १-० ले हराउँदै रेलिगेशन क्षेत्रबाट माथि उक्लिएको छ । एभर्टनको २१ अंक छ । जुन रेलिगेशन क्षेत्रमा रहेको वेष्ट ह्याम युनाइटेडभन्दा एक अंकले अगाडि हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्