भद्रपुर , फागुन ७ । ७३ औं प्रजातन्त्र दिवसको अवसरमा झापाको सदरमुकाम चन्द्रगढीमा बृहत सरसफाई कार्यक्रम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाद्वारा आईतवार आयोजित कार्यक्रमका बीच नेपाली सेना , सशस्त्र प्रहरी बल , जनपथ प्रहरी तथा सरकारी कार्यालयका कर्मचारीसहितको सहभागितामा चन्द्रगढीको महेन्द्र पार्कमा जम्मा भएर कार्यालय आसपासको क्षेत्र हुँदै चन्द्रगढी बजार सरसफाई गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालय हँुदै सरकारी कार्यालय परिसर क्षेत्र , जिल्ला प्रशासन कार्यालय लगायत चन्द्रगढी बजारलाई समेत सहभागीहरुले सरसफाई गरेका थिए । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी ,भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल लगायतका कार्यालयसंग सम्बन्धित कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्