एजेन्सी । भारतीय क्रिकेटर विराट कोहलीले सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन्।

क्रिकेटर विराट कोहली अस्ट्रेलियाविरुद्ध दिल्लीको फिरोजशाह कोटला रङ्गशालामा जारी दोस्रो टेस्टको तेस्रो दिन अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५ हजार रन बनाउने खेलाडी बनेका छन् । आइतबार विराट कोहलीले आफ्नो करियरको ५४९ औँ अन्तर्राष्ट्रिय खेलमा यो उपलब्धि हासिल गरेका हुन् । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा ३४ हजार ४३७ रन बनाइसकेका सचिन तेन्दुलकरले ५७७ खेलमा यो उपलब्धि हासिल गरेका थिए । यो सूचीमा अस्ट्रेलियाका रिकी पोन्टिङ तेस्रो नम्बरमा छन् । उनले ५८८ खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्