एजेन्सी । खेलको इन्जुरी समयमा लियोनेल मेस्सीले फ्रिककबाट उत्कृष्ट गोल गरेपछि पेरिस सेन्ट जर्मेनले सात गोलको थ्रिलरमा लिलमाथि रोमाञ्चक जीत हासिल गरेको छ ।

दुई गोलको अग्रता बनाएको पीएसजी २-३ ले पछि पर्न पुगेको थियो । तर, खेलको अन्त्यमा उत्कृष्ट पुनरागमन गर्दै टोली ४-३ गोलले विजयी बन्यो । खेलको ११ औँ मिनेटमा किलियान एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा नेयमारले अग्रता दोब्बर बनाए । तर, बाफोडे डियाकिटे, जोनाथन डेभिड र जोनाथन बाम्बाले गोल गर्दै खेलमा लिललाई अग्रता दिलाए । खेलको ८७ औँ मिनेटमा एम्बाप्पेले दोस्रो गोल गर्दै खेल बराबरी गरे । त्यसपछि खेलको ९५ औँ मिनेटमा २२ यार्ड टाढाबाट फ्रिकिक मार्फत नाटकीय गोल गर्दै टोलीलाई जीत दिलाए । खेलमा ब्राजिलियन फरवार्ड नेयमार घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए । उनले यो सिजन लिगमा १३ गोल गर्नुका साथै १० वटा एसिस्ट गरेका छन् । जीतपछि २४ खेलबाट पीएसजी ५७ अंकसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको मार्सेको ५२ अंक रहेको छ । ५० अंकसहित मोनाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्