झापा , फागुन ९ । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपमा आज आयोजक भद्रपुर ब्लेजर्स र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

भद्रपुर नगरपालिकाको संरक्षणमा मेची रंगशालामा जारी प्रतियोगिताको तेस्रो दिनको खेलमा आयोजक र संकटाबीच आज दिउँसो साढे २ बजे भिडन्त हुन लागेको आयोजक समितिले जनाएको छ । आयोजकले जयगाउँ भारतलाई पराजित गरी अन्तिम आठमा प्रवेश गरेको हो । संकटालाई सोजै अन्तिम आठमा पारिएको हो । लिगमा संकटा सातौँ स्थानमा रहेको टोली हो । आज जित्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्