झापा , फागुन ९ । आगलागी हुँदा पाँचथरको फालेलुङ गाउँपालिका-५ मा की विरमति तामाङको घर जलेर नष्ट भएको छ ।

आगलागीमा परी फालेलुङ-५ पेलिङटारमा रहेको तामाङको घर भित्रका नगद, लत्ताकपडा, अन्न लगायत सबै सामग्री जलेर नष्ट भएको वडाध्यक्ष भरत खपाङ्गी मगरले जानकारी दिए । सोमबार साँझ करिब साढे सात बजे सुरु भएको आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा र प्रहरी चौकी प्राङबुलबाट गएका प्रहरीले प्रयास गरे पनि सफल नभएको खपाङ्गीले बताए । आगलागीका कारण भएको क्षतिको विवरण संकलन भइरहको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगोले घर नष्ट भएपछि तामाङ परिवारका ५ जना सदस्य बिचल्लीमा परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्