झापा , फागुन ९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन् ।

पूर्व सभामुख एवम् माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा रुपक सापकोटा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार नियूक्त भएका हुन् । चीनको रेन्मिङ विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका थिए । तत्कालिन केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक थिए। यस्तै प्रशासन तथा जनसम्पर्क सल्लाहकारमा रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली नियुक्त भएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्