झापा, फागुन ९ । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दमकको प्रहरी टोलीले कमल गाउँपालिका-४ का ३५ बर्षीय पुणर् बिक्रम लिम्वूलाई १ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो । यसैगरी लागूऔषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर १५ र १६ मा भारतबाट नेपालतर्फ आउँदै गरेका को.३१ प ६६५३ नम्बरको मोटरसाईकलमा सवार ट्याम्केमयुम-२ भोजपुरका ३४ बर्षीय प्रबिन राईको साथबाट ०.२२ ग्राम ब्राउनसुगर र प्रदेश १-०४-००१ प ८६५१ नम्बरको मोटरसाईकलमा सवार धरान -५ का २९ बर्षीय उज्वल हल्वाईको साथबाट १.७२ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्