झापा , फागुन १० । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो । फाुगन २ गते बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रतिवेदन बुझाएको थियो । यसअनुसार लिटरमा १४ रूपैयाँसम्म लागत महँगिएको भए पनि १० रूपैयाँ मात्रै बढाउन सिफारिश गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा.बालक चौधरीका अनुसार किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो। जसअनुसार मूल्य बढाउनै पर्ने देखिएको उनले बताए । बोर्डले गत २ फागुनमा मूल्य बढाउनेसम्बन्धी अध्ययन प्रतिवेदन मन्त्रालयका सचिवलाई बुझाएको थियो । मूल्य बढाउने प्रतिवेदनबारे मन्त्रालयले थप छलफल गरेर मन्त्रिपरिषदमा सिफारिश गरेपछि सरकारले दूधको भाउ बढाउने निणर्य लिनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्