बिर्तामोड , फागुन १० । जंगली हात्तीले प्रदेश सांसद एकराज कार्कीको घर भत्काएको छ ।

गएराति ११.४० बजे आएको एकल हात्तीले बिर्तामोड ७ स्थित कार्कीको भुइँतले घर भत्काएको हो । खेदाउँदा पनि नभाग्ने खालको अटेर हात्तीले आफ्नो घर भत्काएर अन्न खाएको र फ्रिज लडाएर क्षति पुर्याएको प्रदेश सांसद कार्कीले बताए । सांसद कार्कीसंगै उनका दाजु शम्भु कार्कीको घरमा पनि हात्तीले क्षति पुर्याएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्