झापा , फागुन १० । अभिनेत्री पूजा शर्मा तनहुँ कारागारमा पुगेकी छन् ।

यौन दुव्र्यवहारको मुद्दामा कारागारमा रहेका अभिनेता पल शाहलाई भेट्न उनी बुधबार निर्देशक शोमित बस्नेतसहित कारागार पुगेकी हुन् । बुधबार अभिनेता पलको जन्मदिन पनि हो । सोही अवसर पारेर जन्मदिनको शुभकामना दिन पुजा कारगार नै पुगेकी हुन् । कारागारमा पललाई जन्मदिनको शुभकामनाको अलवा केक काटेर सेलिब्रेसन समेत गरिएको निर्देशक शोभित बस्नेतले बताए । पल र पूजाले ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ र थुप्रै म्युजिक भिडियो खेलेका छन् । उनीहरु मिल्ने साथी समेत हुन् । पल करिब एकवर्ष अगाडि नाबालिग बलात्कारको आरोपमा कारागार पुगेका थिए । नवलपुर जिल्ला अदालतले नाबालिग बलात्कारको मुद्दामा पललाई बलत्कार ठहर नगरे पनि बाल यौन दुराचारको बिषयमा कैद सजाय सुनाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्