झापा, फागुन ११ । बैंकिङ कसुर मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नं.३ बस्ने ५० वर्षिय फणिन्द्र पन्धाक रहेका छन् । उच्च अदालत विराटनगर इलाम इजलास, इलामको मिति २०७९ जेठ १८ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्धामा पन्धाकलाई ७ दिन कैद, रु.१३ लाख२० हजार जरिवाना र रु.५२हजार ८०० पीडित राहत कोषमा जम्मा गर्नु पर्ने सजाय सुनाइएको थियो ।

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो । उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्