झापा, फागुन ११ । बिर्तामोड– २ चैतुवारीस्थित पञ्चरत्न माध्यमिक विद्यालयले बिहीवार विविध कार्यक्रम गरी ५५ औं वार्षिकोत्सव मनाएको छ ।

विद्यालयले त्यस अवसरमा सांस्कृतिक प्रतियोगिता, स्मारिका विमोचन र सम्मान कार्यक्रम गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रदेश सांसद एकराज कार्कीले गरेका थिए ।

कार्यक्रममा पूर्व प्रधानाध्यापक ज्ञानुनाथ मैनाली , पूर्व सहायक प्रधानाध्यापक डम्बरबहादुर देउजा , पूर्व कर्मचारी रंगलाल बराई , पूर्व शिक्षिका सुलोचना बराई , अक्षय कोष दाताहरु चन्द्रप्रसाद बजगाँई , विष्णुप्रसाद बजगाँई , शेरबहादुर लक्सम्बा , प्रेम पाण्डे ,पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु नगेन्द्रप्रसाद संग्रौला , मोहनसिंह राजवंशी , शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष टेकनाथ न्यौपाने , सहयोगीहरु माधवप्रसाद खरेल , लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडी , सहारा नेपाल , शिक्षा बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको थियो । त्यस्तै दीर्घसेवी तथा वर्ष उत्कृष्ट शिक्षकको रुपमा यामनाथ प्रसाईलाई सम्मान गरिएको थियो । सोही अवसरमा २०७४ सालको स्वर्ण महोत्सवमा सहयोग गर्ने बिर्तामोडको २ नं वडा कार्यालय , डोमालाल राजवंशी , नारायण राजवंशीलगायत १४४ जना सहयोगीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा विद्यालयले प्रकाशित गरेको स्मारिका विमोचन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद कार्की , विशिष्ट अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , वडाध्यक्ष किशोरकुमार पौडेल , बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी , मोहनमाया माविका प्रअ शेरबहादुर श्रेष्ठ , सम्मानित हुने पूर्व प्रअ ज्ञानुनाथ मैनाली ,पूर्व सहायक प्रअ डम्बरबहादुर देउजा , संचारकर्मी केशव भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा आयोजित नृत्य प्रतियोगितामा मोहनमाया मावि प्रथम , पञ्चरत्न मावि द्वितीय , पञ्चमणि मावि तृतीय र वीर अमरसिंह मावि सान्त्वना भएको छ । उनीहरुलाई नगद पुरस्कार प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक योगेन्द्रमणि दाहालले बताए ।


विद्यालयका प्रअ दाहालले विद्यालयको गतिविधिमाथि प्रकाश पारेको कार्यक्रमको उद्धेश्यमाथि सल्लाहकार संयोजक धर्म लक्सम्बाले चर्चा गरेका थिए । विद्यालयका इन्चार्ज यामनाथ प्रसाईले स्वागत गरेको कार्यक्रमको संचालन सहायक प्रअ लक्ष्मण दाहाल र शिक्षक दलबहादुर खड्काले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्