झापा , फागुन १२ । बिर्तामोड नगरपालिका १ नं वडा कार्यालयले अतिविपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ ।

वडा कार्यालयले विपन्न रोजगार कार्यक्रमअन्तर्गत उक्त सामग्री वितरण गरेको हो । ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र गोमादेवी पोख्रेल गौतम रहेका छन् । उनीहरुलाई ३५ हजार गोटाका ठेला भ्यान वितरण गरिएको वडाध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

मागका आधारमा राजवंशी र गौतमलाई ठेला भ्यान वितरण गरिएको वडा सचिव टिका अधिकारीले बताइन् । वडाबाट ठेला भ्यान पाएपछि आफूलाई गरिखानका लागि सहयोग पुगेको गौतमले बताइन् । श्रीमान वितेपछि परिवार पाल्न सकस व्यहोर्दै आएकी गौतमले अव यसमा चटपटेलगायतका परिकार बेच्ने भन्दै खुशी व्यक्त गरिन् ।
वडा कार्यालयले हरेक वर्ष विपन्न रोजगार कार्यक्रमअन्तर्गत अतिविपन्न परिवारलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्