झापा , फागुन १२ । मोरङको पथरीशनिश्चरे नगरपालिका-१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

झापाको दमक नगरपालिका-४ का ३० वर्षीय विशाल सिटौलाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा मृत्यु भएको जनाइएको छ । बिहिबार साँझ करिब साढे ५ बजे मे१च ४१७१ नम्बरको भ्यानले मे७प ७५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्