बिर्तामोड, फागुन १२ । विश्व प्रख्यात सामसुङ मोबाइलको झापा जिल्लाको आधिकारिक बिक्रेता मिरा एण्ड सन्स इन्टरप्राइजेज प्रा.लि.ले सामसुङको नयाँ मोबाइल एस सिरिज लन्च गरेको छ ।

बिर्तामोडका पुराना व्यवसायी हनुमान अग्रवाल र पहिलो मोबाइल खरिदकर्ता बिर्तामोड १ का आशिष चौहानले शुक्रवार संयुक्त रुपमा केक काटेर सामसुङको एस सिरिजको तीनवटा भेरियन्ट एस २३ अल्ट्रा , एस २३ प्लस र एस २३ लन्च गरेका हुन् । एस २३ को मूल्य १ लाख २७ हजार ९९९ , एस २३ प्लसको मूल्य १ लाख ५१ हजार ९९९ र एस २३ अल्ट्राको मूल्य २ लाख ९ हजार ९९९ रुपैयाँ रहेको मिरा एण्ड सन्स इन्टरप्राइजेज प्रा.लि.का संचालक जीपी पाण्डेले बताए । देशभरिका डिलरमा शुक्रवार एकैसाथ एस सिरिज लन्च गरिएको हो । सामसुङले प्रत्येक वर्ष नयाँ सिरिज बजारमा ल्याउने गरेको छ ।

एस २३ अल्ट्रामा प्रोसेसर Custom snapdragon 8 gen 2, डिस्प्ले 6.8Inch, Dynamic Amoled 2X with 120 Hz, क्यामेरा 200MP primary camera with 10x optical and 100x digital zoom With S pen features रहेको छ भने एस २३ प्लसमा प्रोसेसर Custom snapdragon 8 gen 2, डिस्प्ले 6.6 Inch, Dynamic Amoled 2X with 120 Hz र क्यामेरा 50MP primary camera with 3x optical zoom रहेको छ । त्यस्तै एस २३ मा प्रोसेसर Custom snapdragon 8 gen 2 , डिस्प्ले 6.1 Inch, Dynamic Amoled 2X with 120 Hz र क्यामेरा 50MP primary camera with 3x optical zoom रहेको संचालक पाण्डेले जानकारी दिए । सामसुङका सबै मोबाइल फोनहरु एकै ठाउँमा उपलब्ध हुने गरी हनुमान कम्प्लेक्सको दोस्रो तलामा सो डिलर संचालनमा आएको जनाइएको छ ।

आफूहरुको रिजनल डिलरमा १३ हजारदेखि २ लाख ४५ हजारसम्मको ३२ प्रकारका सामसुङ मोबाइलहरु उपलव्ध रहेको पाण्डेले जानकारी दिए । सामसुङका मोबाइलहरु विश्वसनीय र भरपर्दो भएकाले उपभोक्ताहरुले कम्प्लेन गर्ने ठाउँ नपाउने उनले बताए । ‘बजारमा त्यही हाराहारीमा अरु कम्पनीका मोबाइलहरु सस्तो भेटिएपनि लङ लास्टिङ हुँदैन ’ उनले भने । सामसुङ मोबाइलको आफ्नै विशेषता रहेको मिरा एण्ड सन्स इन्टरप्राइजेज प्रा.लि.का प्रवन्धक अनुप खतिवडाले बताए । उनले कम्प्लेन नै नआउने दीर्घकालीन , भरपर्दो र स्टाइलिस्ट सामसुङका मोबाइलहरु आफूकहाँ उपलव्ध रहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्