झापा, फागुन १३ । जनता समाजवादी पार्टीकी सांसद शहनाज रहमानको हृदयघातका कारण निधन भएको छ ।

शनिबार भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला एक्कासि ढलेकी सांसद रहमानको मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए । पिकनिकमा एक्कासि ढलेपछि तत्काल अस्पताल पु¥याइए पनि उनलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमान ६३ वर्षकी थिइन् । झापाकी स्थायी बासिन्दा रहेकी रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी थिइन् । रहमान जसपाकी केन्द्रीय सदस्यसमेत थिइन् । भद्रपुर नगरपालिका- ८ निवासी रहमान महिला फोरमकी पूर्व अध्यक्ष थिइन्। 

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्