झापा, फागुन १३ ।झापामा दिनहुँजसो मोटरसाइकल चोरीका घटना भइरहेको छ । यसैक्रममा झापा प्रहरीले मोटरसाइकल चोरी घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ जिल्ला रतुवामाई नगरपालिका– ५ निवासी २४ वर्षीय प्रकाश थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उनलाई शुक्रबार साँझ पौने ६ बजे झापाको बिर्तामोडबाट पक्राउ गरेको हो । अर्जुनधारा नगरपालिका– ५ निवासी एकराज बुढाथोकीले बिर्तामोड– ४ मा पार्किङ गरी राखेको लु ८२ प १३४६ नम्बरको पल्सर मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
मोटरसाइकलसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्