सुरुङ्गा, फागुन १३ । नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपाल झापाको नवौं जिल्ला अधिवेशनले अध्यक्षमा राजु पाठकलाई सर्वसम्मत चयन गरेको छ ।

१५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सन्तोष शर्मा, होमप्रकाश अधिकारी र शर्मिला पुरी सर्वसम्मत चयन भएका छन् भने सचिवमा पुष्प खड्का, सह–सचिवमा सुमित भण्डारी र विरेन्द्र सुब्वा र कोषाध्यक्षमा केशव चापागाई चयन भएका छन् ।

कनकाई नगरपालिकास्थित सुकेडाँगी सामुदायिक बनको सभाहलमा शनिवार भएको अधिवेशनले सदस्यमा टिकाराम बास्तोला, दर्पण शर्मा, प्रेमबहादुर तामाङ, रतन बुढाथोकी, बालदिवस तामाङ, पर्वत तामाङ र भोला तिम्सिनालाई चयन गरेको छ ।

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा पूर्व सञ्चारमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्की (पार्थ) को प्रमुख आतिथ्य रहेको थियो । स्वागत संगठनकी उपाध्यक्ष सुष्मा कुमालले गरेको कार्यक्रमको सञ्चालन सचिव उद्धव पुरीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कार्की, प्रेस सेन्टर नेपालका उपाध्यक्ष विवेक गौतम, संगठनका प्रदेश १ अध्यक्ष विनोद घिमिरे, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, संगठनका पूर्व अध्यक्ष तारामणि सापकोटा, नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतम, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, समाजवादी प्रेस संगठन झापा उपाध्यक्ष दिलिप थापा, आदिवासी जनजाति पत्रकार महासंघ झापाकी अध्यक्ष भूमिका सुब्वा, सुकेडाँगी सामुदायिक बन उपभोक्ता समूहकी शान्ति घिमिरे, मेचीनगर प्रेस क्लबका अध्यक्ष डम्बर बराललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्