झापा, फागुन १४ । करिव एक महिनादेखि बेपत्ता भएका झापा अर्जुनधाराका व्यवसायी टीकाप्रसाद मैनालीको प्रहरीले खोजी शुरु गरेको छ ।

बिर्तामोड–५ स्थित शनिश्चरे रोडको गरुवा स्टेण्ड नजिकै मोबाइल फोनको पाट्र्सको होलसेल र झापाकै गोलधापमा निर्जला एग्रो भेट्स कृषि फर्म सञ्चालन गर्दै आएका अर्जुनधारा–६ का ३८ वर्षीय मैनाली गत माघ १५ गतेदेखि बेपत्ता भएका हुन् । प्रहरीमा निवेदन दिएपछि खोजी शुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । उनले अहिलेसम्म अपहरणको संकेत नदेखिएको जानकारी दिए ।

परिवारका सदस्यलाई जानकारी नै नदिई माघ १५ गते दिउँसो १२ः३० बजेबाट मोबाइल पसलबाट निस्किएका मैनाली घर नफर्किएको परिवारले जनाएको छ । उनले राति ८ः३० मा वार्टसएपमार्फत छोरालाई सम्पर्क गरेर आफू बजारतिर रहेको र घर आउने बताएको भएपनि नफर्किएको मैनालीकी श्रीमती बालकुमारीले बताइन् ।
श्रीमान् नफर्किएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा हुलियासहित जाहेरी दिनुका साथै सबै आफन्तमा खोजतलास गरिसकेको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्