झापा , फागुन १५ । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-३ स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एकजना साईकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ बर्षीय रामनारायण मेहता रहेका छन् । सोमबार बिहान ५ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा. ३ ख ४९०२ नम्बरको बसले ठक्कर दिँदा घाईते भएका साईकल यात्री मेहताको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक काठमाण्डौ दक्षिणकाली-५ का ४० बर्षीय निरन्जन बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्