झापा , फागुन १५ । उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पल शाह आज रिहा भएका छन् ।

नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा भएका हुन्। शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका हुन् । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका थिए। नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन्। अहिले स्वागतका लागि उनका समर्थकको दमौलीमा भिड लागेको छ । हिजो फैसला आउँदा कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएकोले आज जिल्ला कारागार तनहुँबाट उनी रिहा भएका हुन् । १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएपछि पक्राउ परेका शाहलाई पीडितले बयान फेरेपछि दुवै जिल्ला अदालतले सफाइ दिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्