बिर्तामोड, फागुन १६ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ मा अवस्थित दुर्गा माध्यमिक विद्यालय गरामनीको दुर्गा बालक्लबको पुनर्गठन भएको छ ।

नवगठित बालक्लबको अध्यक्षमा सृजन अधिकारी,उपाध्यक्ष एजमेरी खातुन, सचिव श्रेया भट्टराई , सहसचिव प्रतिक चम्लागाँई, कोषाध्यक्ष प्रदिप खड्का रहेका छन्। यसैगरी सदस्यहरुमा मनिषा लामा, समीक्षा भण्डारी, करुणा शिवाकोटी,प्रज्वल रिमाल, आयुष कालिकोटे, अनिल श्रेष्ठ,सचिन बराल,सुसन अधिकारी, पूर्णिमा ओडारी र बर्षा डाँगी रहेका छन्। सोमबार सम्पन्न क्लबको साधारणसभाले उक्त नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो। निवर्तमान अध्यक्ष सौगात घिमिरेले नवनिर्वाचित समितिको नामावली सार्वजनिक गरेका थिए ।

२०६४ सालमा स्थापना भएको उक्त बालक्लवले बिद्यालयमा नेतृत्व विकास, ब्यक्तित्व विकासका साथै अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएको छ । बिद्यालयका प्रधानाध्यापक लक्ष्मण सिवाकोटी र क्लबका संस्थापक धर्मेन्द्र भट्टराईले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए। निवर्तमान सचिव समीक्षा भण्डारीले नवनिर्वाचित सचिव श्रेया भट्टराईलाई बैठक पुस्तिका हस्तान्तरण गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्