झापा , फागुन १६ । प्रहरीले जिल्लाको ताप्ली गाउँपालिकाबाट लागूऔषसहित २ जनालाई पक्राउ गरेको छ ।

सोमबार ताप्ली गाउँपालिका-१ देबरेबाट अवैध लागूऔषध गाँजा करिब ३५ केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५४ वर्षीय ईन्द्रबहादुर शाही र ५८ वर्षीय शेरबहादुर सेन रहेका छन् । ईलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरीले शाहीको घरबाट करिब १५ केजी र सेनको घरबाट करिब २० केजी गाँजा बरामद गरिएको बताइएको छ । पक्राउ परेका शाही र सेनमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्