झापा , फागुन १६ । नेपालले आईसीसी यू-१९ एसिया विश्वकप छनोटमा मलेसियाबाट ७३ रनको विजयी लक्ष्य पाएको छ ।

यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको हो । मलेसियाका तीन ब्याटरले बाहेक कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् । मलेसियाका लागि मोहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । त्यस्तै मोहम्मद हरिसन र साहिर स्यामेलले १२/१२ रन बनाए । नेपालका लागि दिपेश कण्डेलले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४ ओभर मेडन फाल्दै ११ रन मात्र खर्चिएका थिए । त्यस्तै आकाश चन्दले ३, मिलन भ बोहोराले २ र सुवास भण्डारीले १ विकेट लिए । नेपाल मंगलबार प्रतियोगिता चौथो जितको खोजीमा छ । यसअघि सोमबार नेपालले हङकङलाई ९ विकेटले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो । ६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू-१९ विश्वकपमा पुग्ने छ । मलेसिया र यूएईविरुद्धको अगामी दुई खेल जितेमा नेपाल राउन्ड रोबिनमा भएको प्रतियोगिता जित्ने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्