बिर्तामोड, फागुन १६। नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि पूर्व अध्यक्ष केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् ।

मंगलबार बिर्तामोडमा एक कार्यक्रमकाबीच आचार्यले उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरे ।

०५३ सालमा आचार्य महासंघको अध्यक्ष हुँदा स्थापित पुरस्कारको अक्षयकोषमा एक लाख रुपैयाँ मात्र थियो । अक्षयकोषको व्याजले पु्स्कारको राशी नधान्ने भएपछि महासंघको वर्तमान कार्यसमितिले अक्षयकोषको रकम पाँच लाख पु¥याउने निर्णयसहितको प्रस्ताव गत साधारणसभामा पारित गरेको थियो । दाता र महासंघको आन्तरिक स्रोतबाट यसैवर्ष अक्षयकोषको रकम पाँच लाख पुर्याइने अध्यक्ष गिरीले बताए ।

झापाका अग्रज पत्रकारका रुपमा परिचय बनाएका ७० वर्षीय आचार्यले अक्षयकोषको रकम वृद्धि र पुरस्कारको दिगोपनका लागि सहयोग गरेको बताए । मोती पत्रकारिता पुरस्कारको राशि वृद्धि गरी एक लाख एक हजार एक सय एघार रुपैयाँ पुर्याउने प्रस्ताव गत कात्तिक २५ गते सम्पन्न महासंघको साधारणसभाले पारित गरेको छ । उक्त राशिको पुरस्कार महासंघको आगामी अधिवेशनबाट वितरण हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्