झापा , फागुन १६ । नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्न मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेसनहरूको जानकारी तथा विद्युत् आपूर्ति सम्बन्धी विविध सूचना तथा जानकारीका लागि प्राधिकरणले मोबाइल एप सञ्चालनमा ल्याएको हो । गुनासो व्यवस्थापन समेत गर्न सकिने गरी मोबाइल एप एनईए सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ । मोबाइलको प्ले स्टोरमा गएर एनईए अफिसियल एप डाउनलोड गरेर आफ्नो ग्राहक विवरणहरू रजिस्टर गर्न प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्