झापा , फागुन १६ । दुर्गा प्रसाईँ संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियानले कर्मचारीको तलब कम्तीमा पनि १ लाख ५० हजार हुनुपर्ने माग गरेको छ ।

महाभियानले मंगलबार पत्रकार सम्मेलन गर्दै निजामती कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीको तलब कम्तीमा १ लाख ५० हजार हुनुपर्ने माग गरेको हो । ‘निजामती कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरूको तलब सुविधा कम्तीमा पनि १ लाख ५० हजार हुने ग्यारेन्टी हुनुपर्ने’, महाभियानले पत्रकार सम्मेलनका क्रममा वितरण गरेको विज्ञप्तिमा उल्लेख छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्