झापा, फागुन १७ । प्रदेश १ को नाम प्रदेशसभाले टुंगो लगाउने प्रयास गरिरहँदा स्थानीय प्रशासनले भने निषेधाज्ञा जारी गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले नामांकनको विषयलाई लिएर प्रदर्शन हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेका हुन् ।

बुधबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म प्रदेश राजधानी विराटनगरको देवकोटा चोकदेखि कोसी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवासवरपर निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाका अवधिमा कुनै किसिमका सभा, जुलुस, भेला, ¥याली, धर्नाजस्ता गतिविधिमा रोक लगाइएको छ ।
प्रदेश १ को नामकरणका लागि कांग्रेस र एमालेले कोसी प्रस्ताव गरेका छन् भने नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टीले संयुक्त रूपमा किरात–लिम्बुवान–सगरमाथा प्रदेश प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्