बिर्तामोड , फागुन १७ । बिर्तामोडमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

बुधवार साँझ ५.२० बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोडको पश्चिम स्टेन्डमा शंकास्पद अवस्थामा बसिरहेका सप्तरी राजबिराज नगरपालिका वडा नं.७ बस्ने ३५ वर्षिय महमद नसिमर र सिरहा सखुवानर्कटी गाउँपालिका वडा नं.२ बस्ने २० वर्षिय शिबशंकर यादवलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १२ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्