दमक, फागुन १९ । दमक नगरपालिकामा सञ्चालित लागूऔषध दुर्व्यसनविरुद्धको कार्यक्रमको समीक्षा बैठक आज सम्पन्न भएको छ ।

गत फागुन ५ गतेदेखि १७ गतेसम्म नगरका सबै वडाहरुमा सञ्चालन गरिएको कार्यक्रमको समीक्षा गरिएको हो ।

नगर प्रमुख राम थापाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक समिति संयोजक शारदा सापकोटाले स्वागत गर्दै नगरभित्र सञ्चालन गरिएको कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् ।१३ दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा सबै विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई लागूऔषधका बारेमा सचेतनामुलक जानकारी दिईएको सापकोटाले बताइन् ।
कार्यक्रमका सहजकर्ता चेतना नेपालका संयोजक ईन्द्र ओलीले यस कार्यक्रमले लागूऔषध दुर्व्यसनको जोखिममा रहेका समुदायलाई जनचेतना जगाउनुका साथै यसको असरलाई कम गर्न सहयोग पुगेको बताए ।

कार्यक्रममा सहभागी सबैलाई धन्यबाद दिँदै नगर प्रमुख थापाले अहिलेको युवा पुस्तालाई लागूऔषधको दुर्व्यसनबाट जोगाउनु मुख्य चुनौती रहेको बताए । नगरका सबै वडामा सञ्चालित यो कार्यक्रमले लागूऔषधबिरुद्ध कार्यक्रम गर्न नगरपालिकालाई योजना बनाउन सहयोगी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख महेशराज तिम्सिना, ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशिकुमार राई साथै कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्