बिर्तामोड, फागुन २१। उप्रेती समाज सेवा झापाको नयाँ कार्यसमिति चयन भएको छ ।

उप्रेती समाजको बिर्तामोडमा शनिवार भएको पाँचौ अधिवेशन तथा ११ औं वार्षिक साधारणसभाले डिल्लीराम उप्रेतीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण उप्रेती, कमल उप्रेती, महिला उपाध्यक्षमा अम्बिका उप्रेती, सचिवमा चन्द्रमोहन उप्रेती, सह–सचिवमा निर्मल उप्रेती, कोषाध्यक्षमा रामप्रसाद उप्रेती सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यमा बिष्णु उप्रेती, यशोदा उप्रेती, कमला उप्रेती, नारायण उप्रेती, राजेश उप्रेती, टीका उप्रेती, मिनप्रकाश उप्रेती, सूर्य उप्रेती, हरि उप्रेती, जर्नादन उप्रेती, देविका उप्रेती, बिमल उप्रेती, शंकरमणि उप्रेती र विकास उप्रेती सर्वसम्मत चयन भएको सञ्चारकर्मी टीकाराम उप्रेतीले जानकारी दिए । नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक टंक उप्रेतीले शपथ ग्रहण तथा पदभार ग्रहण गराएका छन् ।

त्यस अवसरमा बिर्तामोड नगरपालिका–४मा रघुनाथ स्मृति भवन उद्घाटन गरिएको थियो । उप्रेती समाज सेवा झापाका अध्यक्ष चिरञ्जीवी उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथि पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले उद्घाटन गरेका थिए । स्वागत मन्तव्यसहित समाजको प्रतिवेदन उप्रेती समाज सेवा झापाका उपाध्यक्ष डिल्ली उप्रेतीले प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि प्रेमप्रकाश उप्रेती, संग्रौला समाजका केन्द्रीय अध्यक्ष दिलीप संग्रौला, जग्गादाता मोहन उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा चुडाल बन्धु समाजका केन्द्रीय अध्यक्ष गोपाल चुडाल, शिवाकोटी समाज झापाका अध्यक्ष तेजप्रसाद उप्रेती, नेपाल बार एशोसिएसन झापाका पूर्वअध्यक्ष टंक उप्रेतीलगायत उप्रेती बन्धुहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन चन्द्रमोहन उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्