बिर्तामोड, फागुन २१ । दिउँसो २ बजेको यति एयरलाइन्सको विमान बिग्रिएर यतिबेलासम्म नउडेपछि भद्रपुर विमानस्थलमा यात्रुहरुले होहल्ला गरेका छन् ।

दिउँसो २ बजे उड्ने भनिएको यति एयरलाइन्सको एनवाइटी ९३६ नं को विमान बिग्रिएपछि यात्रुहरुको विचल्ली भएको हो । दिउँसो २ बजेको सो विमान डिले भएर दिउँसो साढे चार बजे मात्र उड्ने भनिएको थियो । त्यतिबेलै आक्रोशित भएका यात्रुहरु झन् विमान नै बिग्रिएपछि अझ आक्रोशित हुँदै बिमानस्थलमा होहल्ला गरेका छन् ।

विमानको इन्डिकेसनमा समस्या देखिएको बिमानस्थलका प्रवक्ता किशोरकुमार खत्रीले बताए । ती यात्रुहरुलाई काठमाडौंबाट यति एयरलाइन्सको अर्को विमान मगाएर पठाउने प्रयास भइरहेको खत्रीले बताए र तर, अहिलेसम्म काठमाडौबाट बिमान उडिसकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्