झापा , फागुन २१ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरको एक कारोबारी पक्राउ परेका छन् ।

मेची पुलमा ४४ ग्राम ब्राउनसुरसहित ईलाम नगरपालिका वडा नं.१२ बस्ने २४ वर्षिय सुजनबाला राई पक्राउ परेका हुन् । आइतवार दिउँसो ३.४५ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.६ मेची पुलमा राईलाई शंका लागेर चेकजाँच गर्दा उनको ४४ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्