झापा , फागुन २२ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो । २६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ । परीक्षा तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीको लागि पुनः अर्को व्यवस्था नगरिएको बोर्डले जनाएको छ । कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित हुनेछैन।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्