झापा, फागुन २२ । घाँटीमा मासु अड्किएर मोरङमा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको उर्लाबारी नगरपालिका-१ का ५२ वर्षीय घिसिङ धिमालको मृत्यु भएको छ । आइतबार दिउँसो छिमेकीको बिहे भोज खाने क्रममा मासु घाँटीमा अड्किएर धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ । मासु अड्किएपछि घिसिङ्लाई उपचारका लागि नजिकैको क्लिनिक लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्