बिर्तामोड, फागुन २३ । बिर्तामोड–१० सैनिक बजारको महेन्द्रज्योति माध्यमिक विद्यालयको खेलमैदानमा संचालित वडा अध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिताको उपाधि उत्तर भुतेनी+गौरव टोलले जितेको छ ।

उपाधिसँगै सो टोलले नगद ५१ हजार ,ट्रफी र मेडल पाएको छ भने उपविजेता बनेको नमूना टोलले नगद ३१ हजार , ट्रफी र मेडलमा चित्त बुझाएको छ ।

टाइब्रेकरमा उत्तर भूतेनी+गौरव टोलले ४–३ गोलले जीत हासिल गरेको हो । निर्धारित ७० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा उत्तर भुतेनी+गौरव टोल भाग्यमानी सावित भयो ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक उत्तर भुतेनी+ गौरव टोलका रनु श्रेष्ठ,हाइस्कोरर उत्तर भुतेनी+ गौरव टोलकै योगेन्द्र तामाङ,बेस्ट फर्वाड सिम्रन लिम्बु, म्यान अफ दि म्याच उत्तर भुतनी+गौरव टोलका आशिष गुरुङ,बेस्ट डिफेन्डर अदिप राई,बेष्ट मिडफिल्डर सन्तोष गुरुङ,बेस्ट कोच उत्तर भुतेनी+गौरव टोलका पंचधन राई घोषित भए । उनीहरुले जनही नगद २००० र बेस्ट प्लेयर नमूना टोलका पाल्देन गुरुङ घोषित हुँदै रु.२५०० प्राप्त गरे।

विजेता ,उपबिजेता टिम र अन्य बिधाका उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि झापा फुटबल ११ का संस्थापक अध्यक्ष जलकुमार गुरुङ,बिर्तामोड–१० वडा अध्यक्ष दुर्योधन गुरुङ, वडा नं.५ का वडा अध्यक्ष रोहित प्रसाई, आयोजकका मिलन गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्