झापा, फागुन २३ । होली खेल्नेक्रममा झापामा जथाभावी चलाउने १२० वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

फाइल फोटो

हेल्मेट नलगाएका , तीनजना चढेका , मदिरा सेवन गरेर चलाएका मोटरसाइकलहरु जिल्लाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । उनले मोटरसाइकल नियन्त्रणमा लिएपनि मानिस भने पक्राउ नगरिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्